ब्रिटिस एयरवेजले कर्मचारी कटौती गर्ने



बेलायती विमान कम्पनी, ब्रिटिस एयरवेजले कोरोना भाइरसको प्रकोपका कारण सिर्जित पछिल्लो परिस्थितिलाई देखाउँदै कम्पनीले कर्मचारीको कटौती गर्न लागेको छ ।

विश्वव्यापी समस्याका रूपमा देखा परेको नयाँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार ८४ पुगेको छ भने यसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच हजार ११७ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमण सुरूमा चीन र पछि विश्वभर फैलिएको अवस्थामा यसको प्रभाव विश्व अर्थतन्त्रमा समेत पर्न थालेको छ ।

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अलेक्स क्रुजले कोरोना भाइरसको प्रकोपका कारण विश्वव्यापीरूपमा नै हवाई यात्राको मागमा कमी आएकोले कम्पनीले कर्मचारी घटाएर भएपनि कम्पनीलाई सङ्कटका समयमा टिकाउनका लागि कर्मचारी कटौतीको विकल्प नदेखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको