अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोनाभाइरसको संक्रमण



अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उनलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराउँदा कोरोना भाइरस पोजेटिभ देखिएको जनाइएको छ ।

अप्ट्रेलियाली सरकारका एकजना प्रभावशाली सदस्यका साथै यहाँको अध्यागमनसम्बन्धी कानूनका एक मस्यौदाकार समेत रहेका गृहमन्त्री अस्पतालमा क्वारेन्टाइनमा प्रवेश गरेका सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

फ्रान्सेली विद्यालयहरू दुई हप्ता बन्द
कोरोनाभाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठानहरू कम्तिमा आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नु परेको बताइएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा गरेका थिए ।

उनको घोषणामा सोमबारदेखि अर्को सूचना नभएसम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने उल्लेख थियो । फ्रान्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट फ्रान्समा ६१ जनाको मृत्यु भएको र २ हजार ८७८ जना संङ्क्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका