ईयू र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाएपछि अमेरिका, युरोप र एशियाका बजारहरूमा ठूलो असर



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि भन्दै ईयू र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाएपछि अमेरिका, युरोप र एशियाका बजारहरूमा त्यसको चर्को असर परेको छ।

युरोपेली नेताहरूले ट्रम्पको कदम एकपक्षीय भएको भन्दै त्यसको कडा आलोचना गरेका छन्। ट्रम्पले एक महिनाका लागि ईयूका यात्रुलाई अमेरिका प्रवेश निषेध गर्ने योजना सार्वजनिक गरेपछि त्यसको चौतर्फी असर देखिन थालेको छ। अमेरिका, युरोप र एशियाका शेयरबजारहरू नाटकीय रूपमा ओरालो लागेका छन्।

न्यूयोर्कको डाउ जोन्स सूचकाङ्क सात प्रतिशतले तल झरेपछि कारोबारहरू बन्द गरिएका छन्। लण्डन, प्यारिस र फ्र्याङ्कफर्टका शेयर बजार खुलेलगत्तै पाँच प्रतिशतभन्दा कम विन्दुमा खस्किन थालेका थिए।

ट्रम्पको पछिल्लो घोषणाका कारण एटलान्टिक महासागर वारपार गर्ने वायुसेवाहरूमा नराम्रो असर परेको छ। शुक्रवार मध्यरातपछि ३० दिनसम्म ईयूका २६ देशका यात्रुलाई अमेरिका प्रवेशमा रोक लगाइँदैछ।

युरोपेली आयोग र परिषद्का प्रमुखहरूले विश्वव्यापी सङ्कट उब्जाएको नयाँ भाइरस नियन्त्रणका लागि आपसी सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

अमेरिकी यात्रा प्रतिबन्ध नलागेको आयरल्यान्डले दुई साताका लागि विद्यालहरू बन्द गरेको छ। स्पेनका एक मन्त्रीलाई भाइरस सरेपछि सबै मन्त्रीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। त्यहाँ सबै फुटबल खेलहरू बन्द गरिएका छन्।

बेइजिङले कोरोनाभाइरसको प्रकोपलाई सुरुमा ढाकछोप गर्न खोजेको भन्ने वासिङ्टनको भनाइको चीनले आलोचना गरेको छ।

त्यसअघि ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चिनियाँ ढिलाइका कारण विश्वलाई तयारी गर्न दुई महिना लागेको प्रतिक्रिया दिएका थिए।

जबाफमा बेइजिङका परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले चीनलाई आक्रमण गर्न खर्चिरहेको ऊर्जा भाइरसविरुद्ध लड्न सदुपयोग गर्नु पर्ने बताए।

चिनियाँ अधिकारीहरूले नयाँ भाइरसबारे थाहा पाएका चिकित्सकहरूलाई चुप लगाउन खोजेका थिए। अहिले त्यहाँका सरकारी सञ्चारमाध्यमले भाइरस रोकथाम गर्ने सफलतामा ध्यान केन्द्रित गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ

गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना

बङ्गलादेशका प्रदर्शनकारीद्वारा अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त

ढाका । विद्यार्थीहरूले पदच्युत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको

पहिलो आइभिएफ कङ्गारु भ्रुण उत्पादन गरेको अस्ट्रेलियाको दाबी

  सिड्नी । अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको