ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त प्रस्तावको अनुमोदनका लागि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स समक्ष पेश गरेका छन् । ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, “यो आर्थिक सङ्कट होइन, कोरोनाको सङ्कट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ ।”

उनले अमेरिकी मजदूर, परिवार र व्यवसायमा कोरोनाभाइरसबाट पुगेको नोक्सानीको विवरण संकलन गर्न र आर्थिक सहायताको खाका तत्काल बनाउन साना व्यवसाय प्रशासनलाई आदेश दिएका छन् ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयलाई पनि कोराना प्रभावित व्यक्ति एवं व्यवसायले कर बुझाउनु पर्ने अन्तिम मिति अप्रिल १५ लाई परिवर्तन गर्न तथा व्याज वा जरिवाना नलिने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध