जर्मनका पाँच करोडभन्दा बढी मानिस कोरोनाभाइरसबाट प्रभावित हुनसक्ने



जर्मन चान्सलर एंगेला मर्केलले अहिलेकै अवस्थामा जर्मनीको साठीदेखि सत्तरी प्रतिशत जनसङ्ख्या कोभिड-१९ अर्थात नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुन सक्ने चेतावनी दिएकी छन्। त्यसको अर्थ पाँच करोडभन्दा बढी मानिस कोरोनाभाइरसबाट प्रभावित हुन सक्छन्।

उनले भनिन्, “यस्तै अवस्था रहिरहेमा विज्ञहरूले भनेका छन् हाम्रो देशका साठीदेखि सत्तरी प्रतिशत मानिस यो भाइरसबाट सङ्क्रमित हुन सक्छन्।”

कोरोनाभाइरस सङ्क्रमण सुरु भएपछिको पहिलो सार्वजनिक अभिव्यक्ति दिँदै मर्केलले कुनै खोप उपचार वा प्रतिरोधात्मक क्षमताको हिसाब नगरी भन्दा त्यस्तो आकलन गरिएको बताइन्।

उनले कोरोनाभाइरसको सङ्क्रमणको दरलाई कम गर्दै स्वास्थ्य सेवामा पर्ने चाप घटाउनेतर्फ प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। जर्मन स्वास्थ्यमन्त्री जेन्स स्पानले देशमा सभा समारोह र फुटबल खेलहरू बन्द गर्न आह्वान गरेका छन्।

युरोपका अन्य देशहरूमा अर्थतन्त्रमा कोरोनाभाइरसको असर कम गर्न सरकारले आर्थिक राहतको कार्यक्रम घोषणा गरेका छन्।

यसैबीच कोरोनाभाइरसबाट अति प्रभावित युरोपेली देश इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले अर्थतन्त्रलाई पछिल्लो सङ्कटबाट मुक्ति दिलाउन चार गुणाले बढी खर्च जुटाउने घोषणा गरेका छन्। उनले अब त्यो धनराशी २८ अर्ब डलर पुर्‍याउने घोषणा गरेका छन्।

ब्रिटेनमा पनि अर्थतन्त्रमा कोरोनाभाइरसको असर घटाउन भन्दै ३८ अर्ब डलरको राहत कार्यक्रमको घोषणा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको नजर आगामी सातासम्ममा इजरायल–हमास युद्धविरामतिर

  अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने

कामको प्रलोभनमा एजेन्टहरूले भारतीय युवालाई रुसी सेनामा भर्ती गरेको खुलासा

बीबीसी । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको भारतीय केही

टर्कीमा खानीमा फसेका ४ जना कामदारको उद्धार

टर्कीको पूर्वी प्रान्त एलाजिगमा क्रोमाइट खानी भत्किँदा थुनिएका सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा

कंगोको सीमा नजिकै पश्चिम बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक