इस्लामावाद पार्क नजिकै लडाकू विमान दुर्घटनाग्रस्त



पाकिस्तानको हवाई फौज (पिएएफ)को लडाकू विमान एफ-१६ राजधानी इस्लामावादस्थित एउटा पार्क नजिकै दुर्घटनामा परेको छ।

पिएएफले विज्ञप्ति जारी गर्दै उक्त विमानले आउँदो मार्च २३ तारिखका दिन हुन लागेको राष्ट्रिय दिवसका लागि पूर्वाभ्यास गर्दै गरेको जनाएको छ।

सङ्ग्रहालय, गल्फ क्लब र रङ्गशाला नजिकै रहेको शाकरपरियन क्षेत्रलाई प्रहरी र सुरक्षा फौजले लामबद्ध भएर घेरेका छन्। पिएएफले उक्त दुर्घटनामा विमानचालक विङ्ग कमाण्डर नोमन अक्रमको मृत्यु भएको जनाएको छ।

हवाई फौजले उक्त दुर्घटना के कारणले भएको थियो भन्ने जाँचबुझका लागि पनि निर्देशन दिइसकेको जनाएको छ। सामाजिक सञ्जालमा राखिएका भिडिओ सामग्रीहरूमा विमान तल झरेको र धुवाँको मुस्लो आकाशतिर गएको देखिन्छ।

उक्त भिडिओ घटनास्थलनजिकैको भवनबाट खिचिएको जस्तो देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा