पाकिस्तानमा हिमपहिरो, पाँच जनाको मृत्यु, दर्जनौ सवारीसाधन बेपत्ता
पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् ।
घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ ।
हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएका र दुई दर्जन भन्दा बढी सवारी साधन अझै वेपत्ता रेहका जनाइएको छ । हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ ।