इटलीको जेलमा दंगा फैलिदा कम्तीमा ६ जनाको मृत्यु



इटलीका जेलहरूमा कोरोनाभाइरस सङ्क्रमण रोक्न भनी लगाइएका नियन्त्रणका उपायविरुद्ध दङ्गा फैलँदा कम्तीमा ६ जनाको ज्यान गएको छ। आगन्तुकहरूलाई आउन नदिइने भनिएपछि देशको उत्तरमा रहेको मोदेना जेलका कैदीहरूले एउटा भवनमा आगो लगाइदिएका थिए।

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढेपछि युरोपेली मुलुक इटलीमा आइतवारदेखि १ करोड ६० लाख मानिसहरूलाई अलग्ग्याएर राखिएको छ।

कोरोनाभाइरसको प्रकोपलाई प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको निम्ति विशेष समय भनेका छन्। उनले सबै मानिसले नियम मानिदिए रोगलाई जित्न सकिने बताए।

प्रकोपका कारण पर्ने गम्भीर आर्थिक क्षतिका असर न्यून पार्न सरकारले ठूलो परिमाणमा खर्च बढाउने पनि उनले बताएका छन्। इटलीमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुने मानिसको सङ्ख्या १३३ थपिएर ३६६ पुगेको अधिकारीहरूले जनाएका छन्।

सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ।प्रकोप नियन्त्रणका लागि आइतवार दशौँ लाख मानिसहरूका निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि उक्त सङ्ख्या थपिएको छ।

लोम्बर्डी र अरू १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ।

प्रधानमन्त्री कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन्। ती निर्णय एप्रिल ३ सम्म लागु हुनेछन्। पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका