सुडानका प्रधानमन्त्री हामडोकको हत्या प्रयास



सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको छ । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ । प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहनु भएको छ ।

सुडानको सरकारी टेलिभिजनले कार्यालयतर्फ जाँदा बाटोमा बम विष्फोटन गराइएको जनाएको छ । उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन । अनलाइनमा पोष्ट गरिएको भिडियो फुटेजमा प्रधानमन्त्री हामडोक चढेको सवारी साधन सहित दुईवटा सेता, जापानी सवारीसाधन सडकको किनारामा देखिएका थिए जसका झ्यालका शिशा फुटेका थिए ।

विस्फोटमा अर्को एउटा गाडी नराम्ररी क्षतिग्रस्त भएको थियो । प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बनेका थिए । जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता–साझेदारी गर्नेगरी सम्झौता भएको थियो । सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य–नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो ।

यस परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो । तर सैन्य जनरलहरू देशको शासनसत्ता नागरिक नेतृत्वको प्रशासनलाई हस्तान्तरण गर्न त्यति इच्छुक देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाको आक्रमणबाट लेबनानमा कम्तिमा सात जनाको मृत्यु, ४० घाइते

बीबीसी । इजरायलले लेबनानमा भीषण आक्रमण गरेको छ । नोभेम्बरमा युद्धविराम लागू भएदेखिको

विश्वका तालमा अक्सिजनको कमी : जलवायु परिवर्तनको असर

बेइजिङ । एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका

भारतको नागपुर हिंसामा ९२ जना पक्राउ

नागपुर । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२

साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च