सुडानका प्रधानमन्त्री हामडोकको हत्या प्रयास



सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको छ । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ । प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहनु भएको छ ।

सुडानको सरकारी टेलिभिजनले कार्यालयतर्फ जाँदा बाटोमा बम विष्फोटन गराइएको जनाएको छ । उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन । अनलाइनमा पोष्ट गरिएको भिडियो फुटेजमा प्रधानमन्त्री हामडोक चढेको सवारी साधन सहित दुईवटा सेता, जापानी सवारीसाधन सडकको किनारामा देखिएका थिए जसका झ्यालका शिशा फुटेका थिए ।

विस्फोटमा अर्को एउटा गाडी नराम्ररी क्षतिग्रस्त भएको थियो । प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बनेका थिए । जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता–साझेदारी गर्नेगरी सम्झौता भएको थियो । सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य–नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो ।

यस परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो । तर सैन्य जनरलहरू देशको शासनसत्ता नागरिक नेतृत्वको प्रशासनलाई हस्तान्तरण गर्न त्यति इच्छुक देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कम्युनिष्ट पार्टी प्रमुख पद त्याग गर्ने राहुल क्यास्ट्रोको घोषणा

क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन् ।

म्यान्मार सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको

यस्ता छन् सन् २०२१ को सोनी वर्ल्ड फोटोग्राफी अवार्ड् जित्ने तस्बिर

भिक्टोरियन पहिरनमा परम्परागत खाना पकाउने उपकरण शोना बोकिरहेकी एक युवतीको तस्बिरले २०२१ को

भारतमा एकैदिन १३४१ जना कोरोना संक्रमितको मृत्यु, दुई लाख ३४ हजारलाई संक्रमण

भारतमा कोरोना संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा