विश्व बजारमा तेलको मूल्यमा २५ प्रतिशत गिरावट



कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ ।

यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो । मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो ।

विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ । तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ । मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ ।

कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो । एक्सीकर्पका प्रमुख बजार रणनीतिकार स्टिफेन इन्सले साउदी अरेबियाले बजार हिस्सा ओगट्ने उद्देश्य सहित तेलको उत्पादन अझ बढाउन सक्ने बताए ।

विश्व तेल बजारमा यस्तै तर्क विगतमा पनि गरिएका थिए । सन् २०१४ मा ओपेकले अमेरिकी तेल नीतिमा आएको फेरबदललाई ध्यानमा राखी तेल उत्पादन कटौती गर्नुको साटो बढाएको थियो । यसबाट १०० अमेरिकी डलर प्रति ब्यारेल पुगिसकेको तेलको मूल्य सन् २०१५ मा ४० डलरभन्दा तल झरेको थियो । अमेरिकी शेयर बजार पनि गत महिनाको तुलनामा १२.२ प्रतिशतले घटिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा

‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा