कोरोनाको सङ्क्रमण विश्वका एक सय एक मुलुकमा फैलियो, तीन हजार ५ सय ९५ जनाको मृत्यु



विश्व स्वास्थ्य सङ्गठनले आइतबार दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ ।

डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको बिषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण शनिबारसम्म एशियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ । त्यस्तै यूरोपमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा छ हजार १५८ सङ्क्रमित व्यक्ति रहेका छने भने १४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल २७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा पहिले कोभिड–१९ को सङ्क्रमण भएको भनिएको मुख्यभूमि चीनमा डिसेम्बरदेखि शनिबारसम्ममा ८० हजार ६९५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ भने यसबाट सो अवधिमा यहाँ तीन हजार ९७ जनाको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेपछि करिब १८ घण्टाको अवधिमा चीनमा थप सङ्क्रमितको सङ्ख्या ४४ रहेको छ भने यही समयमा कोरोना सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

चीनमा करिब २० दिन पहिले सङ्क्रमणका कारण एकै दिनमा दुईसय भन्दा बढीको मृत्यु हुने गरेको थियो । अहिलेसम्म चीनबाहिर सङ्क्रमितको सङ्ख्या २५ हजार १४१ रहेको छ भने ४९८ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबार साँझ ५ बजेपछि समाचार तयार पार्दासम्म करिब १८ घण्टामा विश्वभर थप ८८९ जनामा सङ्क्रमण पुष्टि भएको र यो समयमा १२ जनाको मृत्यु भएको बताइएको छ । कोरोनाभाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकहरूमा क्रमशः दक्षिण कोरिया, इटली, इरान, फ्रान्स र जर्मनी रहेका छन् ।

दक्षिण कोरियामा सात हजार ३१३ सङ्क्रमित रहेका छन् भने ५० जनाको मृत्यु भएको छ । इटलीमा पाँच हजार ८८३ सङ्क्रमित भएका छन् भने २३३ को मृत्यु भएको छ । इरानमा पाँच हजार ८२३ जनामा सङ्क्रमण पुष्टि भएकोमा १४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै जापानमा शनिबारसम्म फ्रान्समा ९४९ सङ्क्रमितमध्ये १६ जनाको अहिलेसम्म मृत्यु भएको छ । जर्मनीमा फेब्रुअरीको अन्तिम दिनसम्म ६६ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या त्यसपछिको एक हप्ताको अन्तरालमा ६८४ पुगेको छ भने जापानमा विदेशी एक पानी जहाजमा सङ्क्रमण भेटिएका यात्रुबाहेक कूल ४३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण विगत २४ घण्टामा थप २७२ व्यक्तिमा पुष्टि भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । यससँगै दक्षिण कोरियामा यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात हजार ३१३ पुगेको छ । विगत एक सातालाई मुल्याङ्कन गर्दा कोरियामा नयाँ सङ्क्रमणदरमा निकै कमी देखिएको उल्लेख छ ।

यहाँ गत साताको मध्यतिर सङ्क्रमण दर दैनिक ५०० भन्दा बढी रहेको थियो । कोभिड–१९ पनि भनिने यो भाइरसका कारण उक्त समयमा कसैको पनि मृत्यु नभएको दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार कोभिड–१९ सङ्क्रमणका कारण देशभर ३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी चिन्ताको बिषय बनेको यस भाइरसको सङ्क्रमणका कारण भएको मृत्यु दर ०.७ रहेको छ । दक्षिण कोरियाको डेगु सहर र उत्तरी ग्योङसाङ प्रान्तमा मात्र सात हजार १०३ व्यक्तिमा सङ्क्रमण भेटिएको छ । यो दक्षिण कोरियामा सङ्क्रमितमध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति यिनै दुई स्थानका व्यक्तिहरू रहेका छन् ।

राजधानी सियोल र ग्योङ्गी प्रान्तमा क्रमशः १२० र १४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । दक्षिण कोरियाले देशलाई कोरोनाभाइरस सङ्क्रमणका कारण देशभर स्वास्थ्य आपत्कालको घोषणा गरी नियन्त्रण प्रयास गरिरहेको छ । करिब २५ लाख जनसङ्ख्या रहेको डेगुलाई दक्षिण कोरियामा भाइरस सङ्क्रमणको उद्गमस्थल मानिएको छ भने सरकारले यस क्षेत्रलाई सङ्क्रमण खतराका दृष्टिकोणले ‘विशेष क्षेत्र’ घोषणा गरी नियन्त्रण अभियानमा जुटेको छ ।

डेगुमा रहेको धार्मिक अल्पसङ्ख्यक समुदाय सिन्चोन्जीबाट चर्चमा प्रार्थनाका लागि पुगेका व्यक्तिबाट यो सङ्क्रमण फैलिएको विश्वास गरिएको छ । दक्षिण कोरियामा सङ्क्रमितमध्ये ७९.४ प्रतिशत व्यक्तिमा सामुहिकरूपमा सङ्क्रमण भेटिएको र यसको ६२.८ अर्थात् चार हजार ४८२ सङ्क्रमित व्यक्ति सिन्चोन्जी समुदायका रहेको कोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरियामा जनवरी ३ देखि सङ्क्रमण परीक्षण सुरू गरिएको र मार्च ७ सम्ममा एक लाख ८८ हजारमा सङ्क्रमण जाँच भएको र यसमध्ये एक लाख ६२ हजार व्यक्तिमा सङ्क्रमण देखिएको छैन । बाँकी १९ हजारमध्ये सात हजार ३१३ मा सङ्क्रमण पुष्टि भएको छ भने केहीको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी

इरानको प्रमुख बन्दरगाहमा विस्फोट, चार जनाको मृत्यु, सयौं घाइते

तेहरान । इरानको दक्षिणी भागमा रहेको शाहिद राजाीमा बन्दरगाहमा भएको एक शक्तिशाली विस्फोटका

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन