‘इरान एयर’द्वारा यूरोपका लागि उडान रोक्ने निर्णय



इरानी वायुसेवा प्रदायक ‘इरान एयर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडानहरू नगर्ने घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त निर्णय लिएपनि यो सङ्क्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको छ ।

कोरोना सङ्क्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १९४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । इरानी वायुसेवा कम्पनीले आइतबार विज्ञप्ति जारी गरी अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि सबै उडान रोक्ने निर्णय सार्वजनिक गरेको हो ।

यद्यपि इरानले यसलाई कोरोनाभाइरसको महामारी नियन्त्रणको उपायका लागि लिइएको निर्णय नभई यूरोपेली अधिकारीहरूले विनाकारण लगाएको ‘प्रतिबन्ध’पछि चालिएको कदम बताएको छ । यूरोपेली उड्ययन सुरक्षा निकाय (इएएसए) ले खासगरी एउटा एयरबस ए३२१–२०० र अन्य दुईवटा एअरबस ए३३०–२०० इरान एअरका विमानलाई यूरोपेली आकाश प्रयोग गर्नमा गत फेब्रुअरी ३ देखि रोक लगाएको घोषणा गरेको थियो ।

ती विमानले अन्तर्राष्ट्रिय वायुसेवा नियम अनुसार उनीहरूलाई अद्यावधिक (सुधार) नगरेका र यूरोपेली आकाश प्रयोग गर्न अयोग्य भएको इएएसएले आरोप लगाएको छ । स्वीडेनले यही मार्च २ मा एअर इरानलाई दिएका सबै स्वीकृतिलाई अस्थायीरूपमा रद्द गरिएको जनाएको थियो ।

तर उक्त निर्णयमा तेहरानले कोरोना भाइरसको माहामारीलाई रोक्न इरानले गरेका प्रयास प्रयाप्त नभएकाले भाइरस सङ्क्रमण नभएको उल्लेख गरिएको थियो । इरानी ध्वजावहाक यस विमान कम्पनीले पेरिस, लण्डन, आर्मस्टर्डम, स्टकहोम, फ्र्याङफर्ट, भियना तथा रोमलगायत यूरोपका धेरैस्थानहरूमा उडान भर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको