ट्यांकरले बसलाई ठक्कर दिँदा सिरियामा ३२ जनाको मृत्यु



सिरियामा भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीहरुले जनाएका छन् । एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सिरियाको राजधानी दमास्कसदेखि होम्स प्रान्त जाने–आउने बाटोमा दुर्घटना भएको बताइएको छ । ट्याङ्करको ब्रेक फेल हुँदा अरु १५ वटा सवारीसाधन र दुई वटा ठूला बसलाई ठक्कर दिएको थियो । ती ठूला बसमा बढीजसो इराकी यात्रु रहेका जनाइएको छ । गृहमन्त्री मोहम्मद खालेद अल रहमानले घटनामा परी अरु ७७ जना घाइते भएके जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा कम्तिमा ७० जनाको मृत्यु

लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको

एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्दै

सेन्जेन । एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) का लागि

इजरायल–हमास युद्धविराम आजदेखि सुरु हुँदै, यसरी छुट्नेछन् बन्धकहरु

बीबीसी । इजरायलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

वाशिङ्गटन । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल