पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु



पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा संलग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको छ ।

वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण खैबर पख्तुनख्वा प्रान्तका विभिन्न ग्रामिण इलाकामा मात्र १२ व्यक्तिको मृत्यु भएको उक्त प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताए । उद्धारकर्मीले कैयौँ अन्य व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरेको पनि बताइएको छ ।

वर्षाका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्षति पुगेको बताइएको छ भने ठूलो मात्रामा हिउँदे बाली नष्ट भएको बताइएको छ । वर्षाका कारण अन्य दुई बालबालिकासहित कम्तीमा पाँच जनाको पूर्वी पञ्जाव राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा मृत्यु भएको उनले बताए ।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ । पाकिस्तानको मौसम विज्ञान महाशाखाले गत सोमबार नै बुधबार देखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकहरूलाई सचेत गराएको थियो । महाशाखाले शनिबारपछि मौसममा सुधार आउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर, लक्ष्यभन्दा निकै कम योगदान

संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३

दक्षिण कोरियामा बिरालोमा कोरोना सङ्क्रमण पुष्टि

सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ

बाइडन र पुटिनबीच पहिलो पटक फोन संवाद

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो फोन संवाद गरेका

भारतमा भएको किसानहरुको प्रदर्शनमा एक जनाको मृत्यु

भारत सरकारको नीतिविरुद्ध आन्दोलन गरिरहेका हजारौँ किसानहरू प्रहरी अवरोधलाई छिचोल्दै दिल्लीस्थित लालकिल्लामा प्रवेश