उच्च इरानी कमाण्डर सिरियामा मारिए



इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको सिरियाको राजधानी दमास्कसमा गोली हानी मारिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी आक्रमणमा मृत्युभएको थियो ।

उक्त संगठनका अर्का उच्च कमाण्डर फारहद दाविरियनलाई आवाजहीन अत्याधुनिक हतियारको प्रयोग गरी हत्या गरिएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्र्जभेटरी फर ह्युमन राइट्सका अनुसार दाविरियनलाई दमास्कसको दक्षिण क्षेत्रमा रहेको सायिदा जायनब भन्ने इलाकामा मारिएको थियो ।

संस्थाका अनुसार दाविरियनले इजरायलद्वारा नियन्त्रण रहेको गोलन हाइट्स र पालमिरामा इस्लामिक स्टेटका लडाकूहरूको नेतृत्व गर्दै आएका बताइएको छ । उनी लेबनानी सिया हेजबुल्ला समूहका महासचिब हसन नसरल्लाको निकटस्थ रहेर काम गर्दै आएका पनि उक्त संस्थाले जनाएको छ ।

हत्याबारे थप विवरणहरू प्राप्त हुन सकेका छैनन तर शुक्रबार इजरायलले इरान निकट मानिने सिरियाली लडाकू दस्तालाई लक्षित गरी केही हवाई आक्रमण गरेको पुष्टि स्थानीयले गरेका छन् । सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई इरानले हतियार तथा सैन्य सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिगारिएको कम्प्युटर गेम सित्तैमा बाँडेर लाखौँ कमाउँदै ह्याकरहरू

ह्याकरहरूले धनी बन्नका लागि कम्प्युटर गेममा मालवेयर भनिने खराब प्रोग्राम लुकाएर बाँड्न थालेका

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य

चीनमा राजनीतिक प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी

चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक

भारतमा थप ५१ हजारलाई कोराना संक्रमण

भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले