कोरोनाका कारण क्यालिफोर्नियामा आपतकाल घोषणा



संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् ।

ती व्यक्ति हालै क्रुज जहाजको यात्राबाट फर्किएका हुन् । ह्वाइट हाउसले यस रोगको परीक्षणलाई देशव्यापी विस्तार गर्ने जानकारी दिएको छ । अमेरिकाका १६ वटा राज्यमा करिब १५० जनामा कोरोना भाइरस देखिएको थियो । विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको संख्या ९२ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० हजार चीनमा रहेको बिबिसीले जनाएको छ ।

हाल विश्वभर कोराना पीडित ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वासिङ्टन राज्यका रहेका छन् र पछिल्लो समय यो रोग टेक्सास र नेब्रास्का राज्यमा पनि फैलिएको छ । यसैबीच वासिङ्टन र फ्लोरिडा राज्य दुबैले गत साता नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन् ।

क्यालिफोर्नियामा मृत्यु भएका कोरोना सङ्क्रमित बृद्ध व्यक्ति ग्रान्ड प्रिन्सेज नामको क्रुजमा यात्रारत रहेका व्यक्ति थिए । यो जहाज सानफ्रान्सिस्को हुँदै मेक्सिको पुगेको थियो । चीनपछि कोरोनाले सर्वाधिक प्रभाव पारेको मुलुक दक्षिण कोरिया हो । बुधबार मात्र त्यहाँ ५१६ जनामा कोरोनाका जीवाणु देखिएको छ ।

योसहित कोरियामा कूल सङ्क्रमित व्यक्तिको संख्या ५ हजार ७६६ पुगेको छ । कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् ।

अस्ट्रेलिया सरकारले दक्षिण कोरियाबाट आउने सबै विदेशी नागरिकको प्रवेशमाथि रोक लगाएको छ । अस्ट्रेलियामा पनि कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने अरु ५३ जनामा कोरोना सङ्क्रमण भएको छ । चीनमा भने बुधबार १३९ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् भने ३१ जनाको मृत्यु भएको छ । यी सबै व्यक्ति चीनको हुबे प्रान्तका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’