अमेरिकामा माइकल ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग



अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा न्यूयोर्कका पूर्वमेयर माइकल ब्लूमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गरेका छन् ।

ब्लूमबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दैछु ।”

न्यूयोर्क शहरका पूर्व मेयर ब्लूमबर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गरेका थिए ।

उनले अब पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गर्ने बताएका छन् । अमेरिकी अर्बपति व्यापारी ब्लूमबर्गले जनवरीको अन्त्यसम्ममा करिब ४० करोड ९० लाख खर्च गरेको संघीय निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।

तर उनले फेब्रुअरीमा पनि निकै बढी खर्च गरेको विश्वास गरिन्छ । मङ्गलबार भएको १४ वटा राज्यको चुनावमा ब्लूमबर्गले समोआ द्वीपमा मात्र विजय हासिल गरेका थिए । तर जो बाइडेनले अप्रत्यासित रुपमा १० वटा राज्यमा चुनाव जितेका थिए ।

चुनावमा निकै प्रभावशाली मानिएका सिनेटर बर्नी स्यान्डर्सले चार वटा राज्यमा विजयी भएका थिए । निकै बढी प्रतिनिधि छनौट हुने क्यालिफोर्निया राज्यमा भने स्यान्डर्सले बाजी मारेका थिए । डेमोक्रेटिक पार्टीका तर्फबाट अब जो बाइडेन वा स्यान्डर्समध्ये एकले आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन

योगकाबारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले देशभरका सबै

अफगानिस्तानमा तालिबानद्वारा महिलाहरुको जुलुसमाथि हवाई फायर

प्रहरी हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई

बेलायती प्रधानमन्त्रीद्वारा विवादास्पद कर कटौतीको वचाउ

बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले गत हप्ता घोषणा गरिएको कर कटौतीको वचाउ गर्नु गरेकी

जापानमा महिलाको औसत तलब ३० लाख येन

जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला