कोरोना सङ्क्रमण फैलिने डरले इरानमा हजारौं कैदीबन्दी रिहा



धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजार  भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले परीक्षणबाट कोभिड-१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका “सुरक्षासँग सम्बन्धित कैदीहरू”लाई भने छाडिएको छैन। एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।

ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ “सम्भवत: केही समयका लागि आज वा भोलि रिहा हुने” बताएकी छन्।

उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड-१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।

रेट्क्लिफलाई जासुसीको आरोपमा सन् २०१६ मा पाँच वर्षका लागि जेल हालिएको थियो। विश्वभरि अहिले ९०,००० जनाभन्दा बढीमा कोभिड-१९ भएको पुष्टि भइसकेको छ।

गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको सङ्ख्या २,३३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ।

अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा सङ्क्रमण पाइएको छ।

इरानका कैयौँ वरिष्ठ अधिकारीहरूमा पनि सङ्क्रमण देखिएको छ। त्यहाँको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि सङ्क्रमण भएको पुष्टि भएको छ।

दुई सय ९० सांसदमध्ये २३ जनामा पनि सङ्क्रमण देखिएको छ। सोमवार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द

  प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

  चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ

इन्डोनेसियामा पहिरो परी मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

  खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला

इरानद्वारा आणविक केन्द्र बन्द

  इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’