उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु



उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ ।

स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउमा आइतबार बिहान मस्जीदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए । गाउँलेको हत्यापछि गाउमा पसी उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेका सांसद जैयद इब्राहिमले बताए । लुटेराहरूले स्थानीय दर्जनौँ घरहरूमा आगजनीसमेत गरेको पनि बताइएको छ ।

नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउलेहरूको सहयोगमा गरेको आक्रमणको बदलामा गाउँलेहरूको निर्मम हत्या भएको स्थानीय प्रशासक दायेबु केरावाले एएफपीलाई बताए । कादुनाको प्रहरी प्रवक्ता मोहम्मद जालिजले घटनाबारे अनुसनधान सुरू भएको बताएका छन् ।

नाइजेरियामा पछिल्ला केही वर्षमा आपराधिक समूहहरूको आक्रमणमा परी गाउँलेहरूको मृत्यु हुने क्रम बढेको छ । नाइजेरियामा लुटेराहरूले चौपाया तथा गाउलेको सम्पत्ती लुट्ने र अपहरण गर्ने क्रममा वर्षेनी सयौँ गाउँलेको हत्या गर्ने र गाउँमा आगो लगाइदिने घटना भइरहने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली प्रधानमन्त्रीद्वारा वार क्याबिनेट भङ्ग

  इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेबारी दिइएको प्रभावशाली युद्ध

बसमा आगलागी हुँदा जिम्बावेमा सात जनाको मृत्यु

चर्च उत्सवका यात्रुहरू बोकेको बसमा आगलागी हुँदा म्यानिकलल्याण्ड प्रान्तको रुसापे शहरमा आइतबार राति

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत

श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा

गैरकानुनी रूपमा हिरासतमा राखिएका कैदी बालबालिका र नागरिक फिर्ता गर्न जेलेन्स्कीको माग

स्विट्जरल्यान्डमा शान्ति शिखर सम्मेलनको समापनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरकानुनी रूपमा विस्थापित तथा