कोरोनाबाट मृत्यु भएको घटनालाई लिएर दक्षिण कोरियामा धार्मिक सम्प्रदायका प्रमुखमाथि छानबिन हुने



दक्षिण कोरियामा कोरोनाभाइरसका कारण भएका केही मृत्युका सन्दर्भमा एउटा धार्मिक सम्प्रदायका नेतामाथि छानबिन हुने भएको छ।

राजधानी सोलको स्थानीय सरकारले सिन्चन्जी चर्चका संस्थापक ली मान-ही र अन्य ११ जनाविरुद्ध मुद्दा दायर गर्न निर्देशन दिएको छ।

उनीहरूलाई कोभिड-१९ को प्रकोप फैलिनुअघि नै सङ्क्रमण भएका मानिसको परिचय लुकाएको आरोप लागेको छ।

चीनबाहिर दक्षिण कोरियामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित मानिस फेला परेका छन्। त्यहाँ अहिलेसम्म ३,७३० जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ।

सङ्क्रमण भएकामध्ये अधिकांश व्यक्ति सिन्चन्जी चर्च अफ जीजस नामक एउटा सानो सम्प्रदायका अनुयायी हुन्। अधिकारीहरूका अनुसार उक्त सम्प्रदायका मानिसले एकअर्कालाई दक्षिणी सहर डेगुमा कोरोनाभाइरस सारेका थिए। उनीहरूबाटै उक्त भाइरस अन्यत्र फैलिएको बताइन्छ।

उक्त सम्प्रदायका वरिष्ठ सदस्य किम शिन-चाङले भाइरस फैलिएकोमा उक्त चर्च दु:खी भएको बताएका छन्। पहिला केही सदस्यहरू आफ्नो परिचय खुलाउन डराएको उनले स्वीकार गरेका छन्। उनका अनुसार अहिले चर्चले ती सबैसँग सम्बन्धित सूचना दिइसकेको छ।

आइतवार सोलको स्थानीय सरकारले उक्त सम्प्रदायका १२ नेताविरुद्ध कानुनी अभियोग लगाउन आवश्यक कदम चालेको थियो। उनीहरूविरुद्ध हत्या र सरुवा रोग तथा नियन्त्रण गर्न बनाइएको छुट्टै कानुनअन्तर्गत कारबाही सुरु गरिएको हो।

त्यो चर्चका सबै २३०,००० सदस्यको अन्तर्वार्ता लिइएको छ। तीमध्ये झन्डै ९,००० जनाले आफूमा कोरोनाभाइरसको लक्षण देखिएको बताएका थिए।

उक्त चर्चकी एक ६१ वर्षीय महिलालाई गत साता सङ्क्रमण भएको पुष्टि भएको थियो। चर्चका सदस्यमा सङ्क्रमण देखिएको त्यो नै पहिलो घटना थियो।

सुरुमा उनले अस्पताल जान अस्वीकार गरेकी थिइन् र सङ्क्रमणको पुष्टि हुनुअघि चर्चले आयोजना गरेका थुप्रै भेलामा सहभागी भएकी थिइन्।

उक्त सम्प्रदायका नेता ली मान-हीले आफू ‘मसीहा’ अर्थात् मुक्तिदाता भएको दाबी गर्ने गरेका छन्। उनको पनि स्वास्थ्य परीक्षण गरिएको छ। तर त्यसको परिणाम आउन भने बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा फुटबल खेलको दङ्गामा मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघ महासचिवको चासो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ

काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन

भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ ।