राष्ट्रपति अशरफ गनीद्वारा तालिबानी बन्दी मुक्त गर्ने प्रस्ताव अस्वीकार



अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले अमेरिका र तालिबान लडाकुहरूबीच भएको सम्झौतामा उल्लेख गरिएको जस्तो तालिबान बन्दीहरूलाई मुक्त गर्ने प्रतिबद्धता आफ्नो सरकारले व्यक्त नगरेको बताएका छन्।

शनिवार कतारमा हस्ताक्षर गरिएको महत्त्वपूर्ण सम्झौतामा १० मार्च सम्ममा १,००० सरकारी बन्दीहरूसँग ५,००० तालिबानी साटिने उल्लेख छ।

गनीले बन्दी मुक्त गर्ने यस्तो कुरा “वार्ताका लागि सर्त हुन नसक्ने” तर सम्झौताको अंश हुन सक्ने बताए। अमेरिका-तालिबान सम्झौतामा अमेरिकी सैनिकको चरणबद्ध फिर्ती पनि उल्लेख गरिएको छ।

बदलामा कट्टरपन्थी इस्लामवादी समूहले अफगान सरकारसँग शान्ति वार्ता गर्न सहमति जनाएको थियो। सम्झौतामा तालिबानले उसको नियन्त्रण भएको क्षेत्रमा अल कायदा र अरू उग्रवादी समूहहरूलाई काम गर्न नदिने पनि प्रतिबद्धता व्यक्त गरिएको थियो।

सेप्टेम्बर २००१ मा अल कायदाले न्यू योर्कमा आक्रमण गरेको केही हप्तापछि अमेरिकाले अफगानिस्तानमाथि आफ्नो कब्जा जमाएको थियो।

तालिबानलाई शक्तिबाट हटाइएको थियो त्यसपछि विद्रोही बन्न पुगेको उक्त समूह सन् २०१८ सम्ममा अफगानिस्तानको दुई तिहाइ भन्दा बढी क्षेत्रमा सक्रिय बन्न पुगेको थियो। करिब १०,००० तालिबानीहरू अफगानिस्तानमा बन्दी बनाइएको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको