इरानमा कोरोनाभाइरसबाट कम्तीमा दुई सय १० जनाको मृत्यु



इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा २१० जनाको मृत्यु भएको छ । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका छन्।

यो सङ्ख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन्।

यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामीक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए।

इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओको भनाइ छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरे।

हालसम्म विश्वमा ८३,००० भन्दा बढी कोभिड-१९ का सङ्‍क्रमणका घटना प्रमाणित भएका छन् र अघिल्लो वर्ष यो रोग देखिएयता २,८०० जनाको मृत्यु भइसकेको छ।

शुक्रवार अपरान्ह इरानले १४३ वटा नयाँ घटनाहरू देखा परेको भन्दै देशभर ३८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको बताएको थियो।

इरानी अधिकारीहरूले कोभिड-१९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन्। शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न