कोरोनाभाइरसका कारण विश्व शेयर बजारमा सबैभन्दा खराब अवस्था



संसारभरका शेयर बजारमा सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कट यताकै सबैभन्दा खराब साता देखिएको छ। कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको शेयर बजार ओरालो लागेको बेला लन्डनको फुट्सी १०० इन्डेक्स तीन प्रतिशतभन्दा बढीले घटेको छ।

एशियाली शेयर बजारमा झन् ठूलो असर परेको छ भने अमेरिकाको डाउ जोन्सले सबैभन्दा ठूलो गिरावट भएको दिन देखेको छ।

लगानीकर्ताहरूमा कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी देखिने डर देखिएको छ। इटलीमा समेत प्रकोप देखिएको समाचारहरूले पहिले अपेक्षा गरिएभन्दा ठूलो असर देखिन सक्ने अनुमान गरिएको छ।

शुक्रवार बिहान शेअर बजार खुल्दा सबै युरोपेली शेअर बजारहरू ओरालो लागेका छन्। जर्मनीको शेअर बजार ३.६ प्रतिशतले र फ्रान्सको शेअर बजार ३.१ प्रतिशतले घटेर खुलेका थिए।

यसअघि एशियामा जापानको शेअर बजार ३.७ प्रतिशतले घटेपछि यो साता कूल ९ प्रतिशतको गिरावट आएको छ। अस्ट्रेलियाको शेयर बजार ३.३ प्रतिशतले घट्यो जुन सन् २००८ यताको सबैभन्दा ठूलो गिरावट हो।

भारतका निफ्टी ५० र सेन्सेक्स शेयर बजार दुवै लगभग तीन प्रतिशतले घटेको छ। चीनको साङ्घाई कम्पोजिट इन्डेक्स शुक्रवार ३.७ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस

अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका