आफ्नो ‘डुप्लिकेट’ प्रयोग गर्न गरिएको प्रस्ताव पुटिनले अस्वीकार गरेको खुलासा



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सुरक्षार्थ आफूजस्तै देखिने अर्का व्यक्ति प्रयोग गर्ने प्रस्ताव अस्वीकार गरेको बताएका छन्।

सन् २००० को दशकको सुरुवातमा चेचेन्यामा पृथकतावादीविरुद्ध रुस लडिरहेका बेला त्यस्तो प्रस्ताव ल्याइएको उनले बताए।

केजीबी भनिने रुसी गुप्तचर निकायका पूर्वअधिकारी पुटिनले त्यसबेला उक्त क्षेत्रमा कैयौँ भ्रमण गरेका थिए। उनीबारे वर्षौँदेखि चलेका विभिन्न हल्लामध्ये आफ्नो सुरक्षार्थ आफूजस्तै देखिने व्यक्ति प्रयोग गर्ने हल्ला पनि एक हो।

सन् २००० देखि सत्तामा रहेका पुटिनले भने आफूले प्रत्येक पटक त्यस्तो प्रस्ताव अस्वीकार गरेको बताएका छन्। रुसको तास समाचार एजेन्सीका एक पत्रकारले पुटिनसँगको अन्तर्वार्ताका क्रममा यस विषयमा प्रश्न गरेका थिए।

प्रतिउत्तरमा उनले आफू साच्चिकै पुटिन नै रहेको बताए र त्यसपछि सुरक्षाका लागि आफूले “बडी डबल” प्रयोग गर्ने गरेको भन्ने विषय खण्डन गरे। उनले त्यस्तो विचार सन् १९९९ देखि २००९ सम्म चलेको युद्धका बेला अघि सारिएको बताए।

राष्ट्रपतिका रूपमा पुटिनको हालको कार्यकाल सन् २०२४ मा सकिने छ। तर उनले नयाँ भूमिका खोज्न सक्ने वा पर्दा पछाडिबाट सत्तामा पकड राख्ने अडकल गरिएको छ।

पुटिन जोसेफ स्टालिनपछि सबैभन्दा लामो समयसम्म शासन गर्ने रुसी नेता हुन्। स्टालिनले ३१ वर्षसम्म शासन गरेका थिए। गत जनवरीमा पुटिनले सांसदहरूलाई गरेको सम्बोधनका क्रममा संविधानमा व्यापक परिवर्तनको प्रस्ताव गरेका थिए।

ती परिवर्तनको परिणाम के हुने भन्ने विषय अहिले नै स्पष्ट छैन। तर विश्लेषकहरूले भने कुनै न कुनै हिसाबले सत्ताको बागडोर पुटिनकै हातमा राख्ने कुरा ती परिवर्तनले सुनिश्चित गर्ने शङ्का व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा