चीनबाहेक ४४ देशमा कोरोना भाइरसको संक्रमण



चीनबाट सुरु भएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अन्य देशहरूमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)का प्रमुखले उक्त सङ्क्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्।

चीन बाहिर फैलिएको सङ्क्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबभन्दा धेरै चिन्ताको विषय भनेका छन्। कुनै पनि देशले आफ्नो देशमा यो भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनले बताए।

इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले उक्त भाइरसले के गर्न सक्छ भनेर देखाएको उनले बताए। तर ‘उचित उपाय’ अपनाए त्यसको प्रकोपलाई नियन्त्रण गर्न पनि सकिने देखिएको उनले बताए।

आ-आफ्ना देशमा पहिलो सङ्क्रमण देखिएका देशहरूले डटेर यसको सङ्क्रमण नियन्त्रण गर्न लागिपर्न उनले आह्वान गरे ताकि त्यो नफैलियोस्।

चीनबाहेक हालसम्म ४४ देशमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ। विश्वभरि कुल ८० हजारभन्दा धेरै मानिस यसबाट सङ्क्रमित भएका छन्।

जापान र चीनबाट प्राप्त केही विवरणहरूमा थोरै सङ्ख्याका सङ्क्रमित मानिसहरू निको भइसकेको केही सातापछि पुन:सङ्क्रमित भएको उल्लेख छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामीहरू निको भइसकेपछि पुन:सङ्क्रमित भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’