चीनबाहेक ४४ देशमा कोरोना भाइरसको संक्रमण



चीनबाट सुरु भएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अन्य देशहरूमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)का प्रमुखले उक्त सङ्क्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्।

चीन बाहिर फैलिएको सङ्क्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबभन्दा धेरै चिन्ताको विषय भनेका छन्। कुनै पनि देशले आफ्नो देशमा यो भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनले बताए।

इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले उक्त भाइरसले के गर्न सक्छ भनेर देखाएको उनले बताए। तर ‘उचित उपाय’ अपनाए त्यसको प्रकोपलाई नियन्त्रण गर्न पनि सकिने देखिएको उनले बताए।

आ-आफ्ना देशमा पहिलो सङ्क्रमण देखिएका देशहरूले डटेर यसको सङ्क्रमण नियन्त्रण गर्न लागिपर्न उनले आह्वान गरे ताकि त्यो नफैलियोस्।

चीनबाहेक हालसम्म ४४ देशमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ। विश्वभरि कुल ८० हजारभन्दा धेरै मानिस यसबाट सङ्क्रमित भएका छन्।

जापान र चीनबाट प्राप्त केही विवरणहरूमा थोरै सङ्ख्याका सङ्क्रमित मानिसहरू निको भइसकेको केही सातापछि पुन:सङ्क्रमित भएको उल्लेख छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामीहरू निको भइसकेपछि पुन:सङ्क्रमित भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङ्गेरीद्वारा गाजा सङ्कट रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान

  हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले आफ्ना इजराइली समकक्षी इजरायल काट्जसँगको

इटालीमा दुईवटा  पानी जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

  इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको र दर्जनौँ बेपत्ता भएको

उत्तर कोरिया भ्रमणमा निस्कदै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा उत्तर कोरिया जाँदैछन् ।  विश्वको सबैभन्दा

इजरायली प्रधानमन्त्रीद्वारा वार क्याबिनेट भङ्ग

  इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेबारी दिइएको प्रभावशाली युद्ध