कोरोनाभाइरसका कारण जापानले एक महिना विद्यालय बन्द गर्ने



जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन् । आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म विद्यालय बन्द रहने छन् । जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड १९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ । जापानमा यसै वर्ष ओलिम्पिक प्रतियोगिता हुँदैछ । प्रतियोगिताको आयोजक समितिले खेलभन्दा अगाडि हुने ओलिम्पिक मसाल रिलेमा थोरै सहभागिता गराइने जनाएको छ। ।

साउदी अरेबियाले विदेशीलाई तीर्थयात्रीको रूपमा आगमन गर्न निषेध गरेको छ भने कोरोनाभाइरस सङ्क्रमण भएका देशहरूबाट आउने पर्यटकलाई पनि उसले रोक्ने छ । वार्षिक रूपमा हुने हज तीर्थयात्राबारे पनि अनिश्चय उत्पन्न भएका छन् । संसारभरिका मुस्लिमका निम्ति हज यात्रा महत्त्वपूर्ण हुन्छ ।

यसपाली जुलाई तथा अगस्टमा हजयात्रा परेको छ । बेलायतले थप दुई सङ्क्रमण भएको जनाएको छ । त्यहाँ १५ जना सङ्क्रमित भएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यहाँ कोरोनाभाइरसको प्रकोप अवश्यम्भावी भएको बताए । अमेरिकामा उपराष्ट्रपति माइक पेन्सलाई कोरोनाभाइरसको मामिलाको प्रमुख जिम्मेवार अधिकारी तोकिएको छ ।

बुधवारसम्म अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । तिनमा ४५ जना विदेशबाट उद्धार गरेर ल्याइएका हुन् भने १५ जना देशभित्रै देखापरेका हुन् । अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मरिसनले संसार कोरोनाभाइरसको महामारीको संघारमा पुगेको चेतावनी दिँदै त्योसँग जुझ्न सरकारले राष्ट्रिय आपत्कालीन योजना बनाएको घोषणा गरेका छन् ।

चीनभन्दा बाहिर कोरोनाभाइरसको सङ्क्रमणको गतिले अस्ट्रेलियालाई पनि त्यस्तो योजना बनाउन बाध्य पारेको उनले बताए । सरकारले चीनबाट आउने यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको छ । तत्कालै फुटबल प्रतियोगिताजस्ता भिडभाड हुने कार्यक्रम रोकिहाल्ने स्थिति नआएको मरिसनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।