प्रदर्शनकारीलाई शान्तिका लागि भारतीय प्रधानमन्त्री मोदीको अपिल



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीमा गत तीनदिनदेखि जारी हिंसाका सम्बन्धमा पहिलोपल्ट आफ्नो धारणा प्रकट गरेका छन्।

बुधवार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्र्दै उनले दिल्लीका उनका “दिदिबहिनी तथा दाजुभाइहरू” लाई “सदा शान्ति तथा भाइचारा कायम राख्‍न” अनुरोध गरेका छन्।

उनले राजधानी दिल्लीको विभिन्न भागको अवस्थाका बारेमा आफूले गहन समीक्षा गरेको बताउँदै स्थलमा शान्ति कायम गर्न र अवस्था सामान्य तुल्याउन प्रहरी तथा अन्य निकायहरूले काम गरिरहेको दाबी पनि गरेका छन्।

उत्तर पूर्वी दिल्लीमा ‌तीनदिनदेखि हिंसा जारी रहेको अवस्थामा भारतको विपक्षी दल कांग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बुधवार गृहमन्त्री अमित शाहले राजीनामा दिनु पर्ने बताएकी छन्।

एक पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ” कांग्रेस कार्यसमितिको धारणा छ कि दिल्लीको वर्तमान अवस्थाकालागि केन्द्र सरकार, विशेषगरि गृहमन्त्री जिम्मेवार छन्। गृहमन्त्रीले राजीनामा दिनुपर्छ।”

सोनिया गान्धीको अभिव्यक्तिपछि सत्ताधारी भारतीय जनता पार्टीले पनि एक पत्रकार सम्मेलन गरेर कांग्रेस पार्टीले दिल्लीमा भएको हिंसामाथि राजनीति गरेको आरोप लगाएको छ।

दिल्ली पुलिसका कमिश्नरले उत्तरपूर्वी दिल्लीमा भएको हिंसामा प्रहरी ढिलो पुगेको भएतापनि स्थितिलाई नियन्त्रणमा लिन तुरून्त कदम चालिएको बताएका छन्।

उनले त्यहाँका कतिपय स्थानमा शान्ति कायम भएको पनि दाबी गरेका छन्। दिल्लीमा भड्किएको हिंसाका कारण कम्तीमा २३ जना मारिएका छन्। मुस्लिमहरूको घर तथा पसलहरूलाई नियतवश निशानामा पारिएको विवरण आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको