इरानका स्वास्थ्य उपमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण



सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएका बेला विभिन्न देशहरूमा थप सङ्क्रमितहरू फेला पर्ने क्रम जारी छ।

चीनपछि इटली, दक्षिण कोरिया र इरान नयाँ कोरोनाभाइरससँग जुधिरहेका छन् भने स्पेनमा एउटा होटलमा सयौँ मानिसहरूलाई कोठाभित्रै बस्न निर्देशन दिइएको छ।

सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बाहरेनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको थियो।  सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ।

कोरोनाभाइरस सङ्क्रमण लगातार बढिरहेका बेला इरानका स्वास्थ्य उपमन्त्रीलाई पनि उक्त भाइरस सङ्क्रमण देखिएको खबर छ।

इरानमा कोरोनाभाइरसका कारण हालसम्म पन्ध्र जनाको ज्यान गइसकेको आधिकारिक तथ्याङ्क आएको छ। तर मृतकको सङ्ख्या त्यसभन्दा निकै बढी हुनसक्ने बताइएको छ।

इरानको एउटा पवित्र धार्मिक स्थलहरू रहेको सहरमा उक्त भाइरसको सङ्क्रमण केन्द्रित छ। त्यस सहरमा विश्वभरका सिया मुस्लिमहरू तिर्थयात्राका लागि जाने गर्छन्।

कोरोनाभाइरसको प्रकोपलाई अहिले नै विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहेको भए पनि सबै देशहरू “तयारीको चरणमा” रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठन डब्लू एच ओले जनाएका बेला विभिन्न देशहरूमा थप सङ्क्रमणका घटना बाहिर आएका छन्।

स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड-१९ को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ, जसले चिन्ता बढाएको छ।

कोरोनाभाइरस फैलिरहँदा दक्षिण कोरियाले एउटा धार्मिक सम्प्रदायका दुई लाखभन्दा बढी सदस्यहरूमा उक्त भाइरस सङ्क्रमण भए नभएकोबारे परीक्षण गर्ने योजना बनाएको छ।

त्यहाँ हालसम्म एघारजना मानिसहरूको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ भने करिब एक हजार मानिसहरू सङ्क्रमित भएको पुष्टि भएको छ। सङ्क्रमितहरूमध्ये एउटा धार्मिक सम्प्रदायकै करिब दुई तिहाई सदस्यहरू रहेका छन्।

एकजना इटालीका पाहुनामा कोरोनाभाइरस सङ्क्रमण पाइएपछि स्पेनको क्यानरी टापुस्थित एउटा होटलमा रहेका सयौँ मानिसहरूलाई आफ्नै कोठामा बस्न आदेश दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने

क्यामरुनमा बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु

यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर, लक्ष्यभन्दा निकै कम योगदान

संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३

दक्षिण कोरियामा बिरालोमा कोरोना सङ्क्रमण पुष्टि

सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ