हार्भी वाइन्स्टिन बलात्कार मुद्दामा दोषी ठहर



हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्।

न्यू योर्कको एउटा अदालतले गरेको उक्त फैसलालाई मिटू अर्थात् म पनि पीडित भनिने यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ। ६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ।

न्यू योर्कमा बलात्कारको थर्ड डिग्री आरोप भन्नाले सहमति जनाउन नसक्ने अवस्थामा रहेका वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नुका साथै कुनै कारणवश त्यस्तो नगरेकासँग शारीरिक सम्बन्धमा संलग्न रहेको भन्ने बुझिन्छ।

तर वाइन्सटिनमाथि लागेको सबैभन्दा गम्भीर मुद्दामा भने उनले सफाइ पाएका छन्। वाइन्सटिनले २५ वर्ष सम्मको जेल सजाय पाउन सक्ने बताइएको छ।

सन् २०१३ मा लस एन्जेलसमा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ। ग्वेइनेथ प्यालट्रो, उमा थर्मेन र साल्मा हाएक सहित कम्तीमा ८० जनाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्।

पल्प फिक्सन, गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ जस्ता ओस्कर जित्न सफल चलचित्रका कारण उनले निकै ख्याति कमाएका थिए।

सात जना पुरुष र पाँच महिला रहेको इजलासले सुनुवाइको पाँचौं दिनमा उनीविरुद्ध फैसला सुनाएको हो। सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटपिट गरेको र अभिनेत्री बन्न चाहने एक कलाकारलाई सन् २०१३ मा बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो।

अदालतले उनलाई तत्काल जेल चलान गर्न आदेश सुनाएको थियो। वाइन्सटिनले भने सबै आरोपको खण्डन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा