रुसले भन्यो -कोरोनाभाइरसबारे जानाजान मिथ्या सूचना फैलाएको आरोप अस्वीकार्य



रुसले सामाजिक सञ्जालमा कोरोनाभाइरसबारे मिथ्या सूचना फैलाएको आरोप अस्वीकार गरेको छ। अमेरिकी अधिकारीहरूले रुससँग सम्बन्ध भएका सामाजिक सञ्जालका अकाउन्टहरूले कोरोनाभाइरसले अमेरिकाले शुरू गरेको मिथ्या सूचना फैलाएको बताएका थिए।

उनीहरूले ट्विटर, फेसबुक र इन्स्टाग्रामका हजारौँ अकाउन्टहरूबाट सो मिथ्या सूचना फैलाइएको दाबी गरेका छन्। शनिवार सो सम्बन्धमा बोल्दै रुसको विदेश मन्त्रालयले सो दाबी नै मिथ्या भएको बताए।

“यो जानाजान फैलाइएको मिथ्या कुरा हो,” विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसको तास समाचार संस्थालाई बताएकी छन्।

चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ।

चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ। तर त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ।

यसअघि अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी फिलिप रिकरले कोरोनाभाइरसको उत्पत्तिका बारेमा रुसका केहीले मिथ्या जानकारी दिने प्रयास गरिरहेको बताएका थिए।

चीनविरुद्धको आर्थिक युद्ध शुरू गर्ने अमेरिकी प्रयास कोरोनाभाइरस रहेको भन्ने एउटा मिथ्या सूचना विभिन्न भाषाका सामाजिक सञ्जालमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

  नयाँदिल्ली । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको

बेइजिङमा रूसी विदेशमन्त्री लाभरोभ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

मस्को । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता

युक्रेनलाई युद्ध जित्नसक्ने हैसियतमा ल्याउने ट्रम्पको भनाई

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नाटोमार्फत अत्याधुनिक हतियार उपलब्ध गराउने घोषणा

अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा ३० प्रतिशत