कोरोनाभाइरस सङ्क्रमणका घटना बढेकोप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित



चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

कोभिड-१९ का कारण इरानमा थप दुई जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे प्रतिक्रिया दिएका हुन्। इरानमा यसअघि पनि दुई जनाको मृत्यु भएको थियो।

उनले उक्त भाइरस नियन्त्रण गर्ने अवसर “साँघुरिँदै गएको” टिप्पणी गरे। इरानी अधिकारीहरूका अनुसार इरानका सबै सहरहरूमा उक्त भाइरस फैलिसकेको हुन सक्छ।

अहिलेसम्म चीनबाहिर कुल २६ देशमा १,१५२ जनामा नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये आठ जनाको मृत्यु भइसकेको छ।

कोरोनाभाइरसका कारण दक्षिण कोरियामा थप दुई जनाको मृत्यु भएको छ। चीन र जापानको तटनजिकै क्वारन्टीनमा राखिएको एउटा पानीजहाजबाहेक अन्यत्र दक्षिण कोरियामा कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक छ।

इटलीमा एक ७८ वर्षीय वृद्धको मृत्यु भएको शुक्रवार चिकित्सकहरूले बताएका थिए। त्यहाँ थप १६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

प्रभावित क्षेत्रहरूमा विद्यालय र कार्यालय बन्द गरिने तथा खेलकुदका गतिविधि स्थगित हुने स्वास्थ्यमन्त्रीले बताएका छन्। चीनमा अहिलेसम्म ७५,५६७ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये २,२३९ जनाको मृत्यु भइसकेको छ।

डा. गेहब्रेयससले चीनबाहिर कोरोनाभाइरस सङ्क्रमण भएका मानिसको सङ्ख्या तुलनात्मक रूपमा कम भए पनि सङ्क्रमणको तरिका चिन्ताजनकभएको बताएका छन्।

प्रभावित क्षेत्रको यात्रा गरेको वा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएको जस्ता रोगसँग कुनै स्पष्ट सम्बन्ध नभएका बिरामीको सङ्ख्याका कारण आफूहरू चिन्तित भएको उनले बताए। उनका अनुसार इरानमा भएका मृत्यु र सङ्क्रमणका नयाँ घटना धेरै चिन्ताका विषय हुन्।

तर उनले चीन र अन्य देशले रोग नियन्त्रण गर्न अवलम्बन गरेका उपायका कारण उक्त भाइरसलाई थप फैलिन नदिने सम्भावना भएको टिप्पणी गरे। सम्भावित महामारीसँग सङ्घर्ष गर्न उनले देशहरूलाई थप स्रोत परिचालन गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका