संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी गरिरहेको विदेश मन्त्री माइक पोम्पेओले बताएका छन् ।
“हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको उनले साउदी अरबको भ्रमणपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले भने, तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले शनिबारदेखि आगामी हप्ताभर नै ‘हिंसात्मक गतिविधिलाई’ रोक्ने सहमति भएको र आगामी हप्ता देखिने गतिविधिले नै सम्झौता गर्ने वा नगर्ने भन्ने निचोड निस्किनेछ । आशा गरौँ तीन वटै शक्तिले हिंसा कम गर्ने सहमति जनाएकाले अब यसमा स्वतः कमी आउनेछ ।
आंशिक मानिएको वार्ताले अफगानिस्तानमा १८ वर्षभन्दा बढी रहेको द्वन्द्व अन्त्यका लागि ऐतिहासिक कदम चाल्नेछ र सम्झौताको मार्ग प्रशस्त हुनेछ जसले अन्ततः युद्धको अन्त्य देख्न सक्छ । बृहत् र स्थायी युद्धविराम र अफगानिस्तानका लागि भविष्यको राजनीतिक मार्गचित्र यो आधारभूत चरणमा निर्माण हुने अमेरिकी विदेशमन्त्री पोम्पेओले बताए ।
यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गरेका छन् । सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको छ ।
अफगानिस्तानमा नेटोको १६ हजार सैनिक रहेका छन् जसले स्थानीय सेनाहरुलाई प्रशिक्षण, सहयोग र सल्लाह दिने गरेको छ । अमेरिका–तालिवानबारे नयाँ सहमतिलाई रूसले ऐतिहासिक सम्झौता अफगानिस्तानको शान्तिको लागि ‘महत्वपूर्ण घटना’ हुने बताएको छ ।

प्रतिक्रिया