दक्षिण कोरियामा १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि



दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ।

त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ। प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्।

दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्राय: सुनसान छन्।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन्।

त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो।

दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ। चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रूज पानीजहाजमा भएका सङ्क्रमित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो।

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए।

ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए। त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ।

अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्। चीनमा ७५,००० जनामा सङ्क्रमण भएको र २,२३६ जनाको मृत्यु भएको तथ्याङ्क छ।

उक्त भाइरस विश्वका विभिन्न देशमा पनि फैलिएको छ। एशिया, युरोप, अमेरिका र अफ्रिकामा केही व्यक्तिको मृत्यु पनि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही