ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजाय



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति “घृणा” व्यक्त गरेकी छन्।

कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोनलाई गत नोभेम्बर महिनामा दोषी पाइएको थियो।

स्टोनले आफूलाई धम्काएको न्यायाधीशले बताएकी छन् भने ट्रम्पले उनलाई सफाइ दिइनुपर्ने बताएका छन्। सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएका स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन् जो दोषी ठहर भएका छन्।

विकिलिक्ससँग सम्पर्क स्थापित गर्ने आफ्ना प्रयासहरूबारे संसद्‌को गुप्तचर समितिसमक्ष झूटो बोलेको भन्दै स्टोनलाई दोषी ठहर गरिएको हो।

विकिलिक्सले ट्रम्पका डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनसम्बन्धी चुहावट गरिएका इमेलहरू सार्वजनिक गरेको थियो।

अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार रुसी ह्याकरहरूले क्लिन्टनसम्बन्धी इमेलहरू चुहावट गरेका थिए। स्टोनलाई २० हजार डलर जरिवाना तिर्न र समुदायमा २५० घण्टा सेवा गर्न पनि न्यायाधीशले आदेश दिएकी छन्।

अभियोजनकर्ताहरूले स्टोनविरुद्ध सातदेखि नौ वर्षको जेलसजाय सुनाउन माग गरेका थिए। वाशिङ्टन डीसी अदालतमा बिहीवार आदेश सुनाउँदै न्यायाधीश एमी बर्मन ज्याकसनले स्टोन आफूलाई “धम्काउने र प्रभावित पार्ने” काममा संलग्न रहेको बताइन्।

न्यायाधीश ज्याकसनले गत वर्ष आफ्नो टाउकोको छेउमा बन्दुकको चित्र राखेर सामाजिक सञ्जालमा तस्वीर राखेका स्टोनलाई “आफूले के गरिरहेको छु भन्ने कुरा राम्ररी थाहा रहेको” उल्लेख गरिन्।

न्यायाधीश ज्याकसनले राष्ट्रपतिको पक्षमा उभिएकोले नभई राष्ट्रपतिका कामलाई ढाकछोप गरेको अभियोगमा चाहिँ स्टोनलाई दोषी ठहर गरिएको हो।

गत हप्ता अभियोजनकर्ताहरूले स्टोनलाई सातदेखि नौ वर्षको जेलसजाय सुनाउन सिफारिश गरेपछि ट्रम्पले आपत्ति जनाएका थिए। त्यत्रो जेलसजाय “डरलाग्दो र पूर्वाग्रही” हुने भन्दै उनले ट्वीट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हतियारसहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सतर्कता

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका

विश्वमा एकैदिन ६ लाख बढी कोरोना संक्रमित थपिए,करिब १३ हजारको मृत्यु

विश्वमा पछिल्लो २४ घन्टामा ६ लाख ३६ हजार ३ सयभन्दाबढी कोरोना भाइरसका संक्रमित

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको

जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन

जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू) ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई