अमेरिकी राज्य यूटाको सिनेटले बहुविवाहलाई अपराध नमान्ने



संयुक्त राज्य अमेरिकाको यूटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ। विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन्छ।

उक्त नयाँ कानुनका पक्षधरहरूले यसले बहुविवाह अभ्यास गर्ने समुदायहरूसँग सम्बन्धित गोप्यता हटाइदिने र कोही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन्। तर आलोचकहरूले चाहिँ यसले पीडकहरूलाई झन् बल पुग्ने भनेका छन्।

सिनेटले पारित गरेको उक्त विधेयकलाई अब उक्त राज्यको तल्लो सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ।

प्रस्तावित कानुनअनुसार एक जनाभन्दा बढी पति वा पत्नी भएको खण्डमा त्यसलाई सडकनियम उल्लङ्घन गरे सरह न्यून स्तरको अपराध मानिनेछ।

तर बलपूर्वक गरिएका बहुविवाहलाई भने अपराध मानिनेछ। समाचारसंस्था एपीका अनुसार यूटा राज्यमा झन्डै ३०,००० मानिसहरू बहुविवाह मान्ने समुदायका छन्।

मोर्मोन चर्च भनिने चर्च अफ जीजस क्राइस्ट अफ ल्याटर डे सेन्ट्स पनि यूटामै अवस्थित छ। उक्त चर्चले विगतमा बहुविवाहलाई मान्यता दिने गर्थ्यो, तर सन् १८९० मा आएर उसले त्यसलाई प्रतिबन्धित गर्‍यो।

अचेल बहुविवाह गरेकालाई उसले आफ्नो समुदायबाट बहिष्कार गर्छ। तर अझै पनि कट्टर मोर्मोन समुदायले उक्त अभ्यास जारी राखेको छ।

यूटाको संविधानले बहुविवाहलाई अवैध मानेको भए पनि अधिकारीहरूले त्यस्तो अभ्यास गर्ने मानिसविरुद्ध कानुनी कारबाही गर्दैनन्।

सन् २००१ मा टम ग्रीन नामक व्यक्ति ५० वर्षयता बहुविवाहका कारण दोषी ठहर भएका पहिलो पुरुष थिए। उनका पाँच पत्नी थिए।

उनकी एक पत्नी १३ वर्षकै उमेरमा गर्भवती भएको पाइएपछि उनलाई बालिका बलात्कारको मुद्दामा पनि सजाय दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८

चीनमा आँधीबेहरीको खतरा

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ