बोइङको नयाँ विमानका तेल ट्याङ्कीमा फोहरका टुक्रा फेला



अमेरिकी विमान निर्माता कम्पनी बोइङको समस्याग्रस्त विमान ७३७ म्याक्सको नयाँ विमानको तेल ट्याङ्कीमा फोहरका टुक्रा भेटिएपछि सुरक्षा जोखिमको प्रश्न पुन: उठेको छ।

वायुसेवा कम्पनीहरूलाई दिन राखिएका केही नयाँ विमानहरूमा त्यस्तो फोहर भेटिएको हो। बोइङको ७३७ परियोजनाका प्रमुखले आफ्ना कर्मचारीलाई यस्तो कार्य बिल्कुलै अस्वीकार्य रहेको बताएका छन्।

बोइङका एक प्रवक्ताले यसकारणले संसारभर उड्न प्रतिबन्ध लागेको सो विमान सेवामा आउन ढिला नहुने बताएका छन्। बोइङका दुई ७३७ म्याक्स विमान दुर्घटनाग्रस्त हुँदा ३४६ जनाको मृत्यु भएपछि सो मोडलका सबै विमान सन् २०१९ को मार्चदेखि ग्राउन्डेड छन्।

प्रवक्ताले भने: “मर्मतसम्बन्धी कार्य गर्दा भण्डारमा रहेका केही विमानहरूमा हुनु नपर्ने टुक्राटाक्री भेटिएका हुन्।” “यसपछि हामीले आन्तरिक अनुसन्धान गरेर विमान निर्माणमा सच्याउनुपर्ने काम गरिसकेका छौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ