हङ्‌कङमा सुपरमार्केटबाट ट्वाइलेट पेपरनै लुटियो



हङ्‍कङमा एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेको छ। कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेको हुनाले त्यहाँ अहिले त्यसको चरम अभाव छ।

मोङ्‌कक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेका हुन्। प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त घटना सोमवार बिहान हङ्‍कङमा अपराध बढी हुने भनेर चिनिएको एउटा स्थानमा भएको बताइएको छ। लुटेराहरूले वेलकम सुपरमार्केटबाहिर गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका कर्मचारीलाई चक्कु देखाएर तर्साएका थिए।

एउटा सञ्चारमाध्यमका अनुसार ६०० रोल ट्वाइलेट पेपर लुटिएको थियो। हङ्‍कङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ।

सरकारले आपूर्ति सहज भएको दाबी गरेको भए पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर थुपार्न छोडेका छैनन्।

“चक्कु बोकेका तीन मानिसले एक कर्मचारीलाई तर्साएर १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेका छन्,” प्रहरीका एक प्रवक्ताले बताए। त्यहाँ फेसमास्क र हात धुने स्यानिटाइजरको पनि अभाव देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका