अमेरिका-मेक्सिको सीमामुनि लागूपदार्थ तस्करले बनाएको सुरुङ फेला
मेक्सिको र अमेरिकाको सीमामुनि एउटा लामो सुरुङ फेला परेको छ। तस्करहरूले लागूपदार्थ तथा अन्य प्रतिबन्धित सामग्री ओसारपसार गर्न उक्त सुरुङ निर्माण गरेको आशङ्का दुई देशका अधिकारीहरूको छ। दुई देशलाई जोड्ने यो सुरुङ अहिलेसम्म फेला परेका सुरुङमध्ये सबैभन्दा लामो भएको उनीहरूको भनाइ छ। उनीहरुका अनुसार सुरुङ डेढ किलोमिटर लामो छ ।