बेलायत सरकारद्वारा खतरनाक मौसमबाट बच्न र सकेसम्म यात्रा नगर्न नागरिकलाई सुझाव



बेलायतमा  निरन्तर अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण जीवनको क्षति हुनसक्ने सम्भावना रहेको भन्दै दक्षिणी वेल्समा ‘रातो सङ्केत’को चेतावनी जारी गरिएको छ।

नदीहरूमा जलस्तर बढ्न थालेपछि बेलायतभर ३०० वटाभन्दा बढी बाढीको चेतावनी जारी गरिएको छ। आइतवार रातिसम्मका लागि ‘रातो सङ्केत’ले जनाउने उच्च जोखिमको चेतावनी जारी गरिएको वेल्समा अग्निनियन्त्रकहरूले मानिसहरूको उद्धार गरेका छन्।

स्कटल्यान्डमा बाढीले बगाएको एउटा गाडीबाट दुईजनाको उद्धार गरिएको छ। सन् २०१५ को डिसेम्बर २६ तारिख पछि बेलायतमा  यो स्तरको चेतावनी जारी गरिएको यो पहिलोपटक हो। सो चेतावनीले मानिसहरूलाई खतरनाक मौसमबाट बच्न र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ।

यसैबीच इङ्गल्यान्डमा दुई, वेल्समा दुई र स्कटल्यान्डमा तीन गरी सातवटा खतरनाक बाढीको चेतावनी पनि जारी गरिएको छ। शनिवार १४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको यूकेको मौसम कार्यालयले जनाएको छ। त्यस्तै वेल्समा १४२ मिलिलिटर वर्षा भएको छ।

यातायातमन्त्री ग्रान्ट शाप्सले स्काईन्यूजलाई यो मौसमसँग जुझ्न सरकारले काम गरिरहेको बताएका छन्। उनले अगामी वर्षसम्मका लागि यस्तो कार्यका लागि २.४ अर्ब पाउन्ड ६ वर्षे योजनामा राखिएकोमा आगामी वर्ष अर्को ६ वर्षका लागि त्यसलाई ४ अर्ब बनाइने बताए। बेलायतभर सडक, रेल यातायात र वायुसेवामा प्रभाव परेको छ

आइतवार बिहान १७० उडान रद्द हुँदा कम्तीमा २५,००० यात्रुलाई असर परेको बताइएको छ। वेल्स, स्कटल्यान्ड र इङ्गल्यान्डमा केही रेल सेवाहरू बन्द गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत