कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान



 

विश्व स्वास्थ्य संगठनले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।

संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका हुन् ।
उनले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिए ।

रोगको महामारी विरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गरे । उनले त्यसका लागि लगानी गर्नु पर्ने बताए ।

विश्वमा आतङ्कवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उनले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गरे।

महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनु पर्ने खाँचो रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन–अस्ट्रेलिया सम्बन्धको केन्द्रविन्दु हुनुपर्छ : प्रधानमन्त्री अल्बानिज

बेइजिङ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मङ्गलबार चिनियाँ राजधानीमा राष्ट्रपति सी जिनपिङसँग भेट गर्दै

भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

  नयाँदिल्ली । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको

बेइजिङमा रूसी विदेशमन्त्री लाभरोभ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

मस्को । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता

युक्रेनलाई युद्ध जित्नसक्ने हैसियतमा ल्याउने ट्रम्पको भनाई

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नाटोमार्फत अत्याधुनिक हतियार उपलब्ध गराउने घोषणा