कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय ६५ पुग्यो
कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या १६६५ पुगेको छ । अहिलेसम्म ६८ हजार पाँच सयमा कोरोनाभाइरस देखिएको छ ।
करिब १० हजार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी उपचाररत छन् ।सङ्क्रमण उत्पत्ति भएको मानिएको हुबे प्रान्तमा सबभन्दा धेरै मानिसको मृत्यु भएको छ।
चीनबाहिर अहिलेसम्म २४ मुलुकमा ५०० भन्दा बढी सङ्क्रमित भएका छन्।