चीनको हुबेईका नौ अस्थायी अस्पतालमा कोरोना भाइरसविरुद्धको उपचार सेवा सुरु



चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौ वटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा सुरु गरिएका ती अस्पतालहरुमा ६ हजार ९६० शैया रहेका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरुले दिएको जानकारीअनुसार ती अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमित ५ हजार ६०६ जनाको उपचार भइरहेको छ ।
उहानमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका उपप्रमुख वाङ हेशेङले नयाँ अस्थायी अस्पतालहरु सुरु भएको जानकारी दिए ।

अस्थायी अस्थालमा सेवा सुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस सङ्क्रमितहरुले राहत महसुस गरेका छन् ।  रोगको प्रकोप न्युनिकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरुबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बिरामीहरुले राम्रो उपचार सेवा पाईरहेको बताएका छन् भने कतिपय विरामीहरु उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र

इजरायली आक्रमणमा इरानको रिभोलुशनरी गार्डका प्रमुख होसेन सलामको मृत्यु

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ