ईयूका विमान आयातमा कर वृद्धि गर्ने अमेरिकी निर्णयले व्यापार विवाद बढ्ने



यूरोपेली यूनियन (ईयू) मा निर्माण हुने विमानहरूको आयातमा करवृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वासिङ्टन र ईयूबीचको व्यापार विवाद अझ बढाउने एअरबसले बताएको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर)को निर्णयले अमेरिका र ईयूबीचको व्यापार तनावलाई अझ बढाउनेछ र यसबाट विमानको अभाव खेपिरहेका अमेरिकी एअरलाइन्स कम्पनीहरूलाई थप सङ्कटमा धकेल्नेछ,” युरोपेली विमान निर्माताले एक विज्ञप्ति जारी गर्दै अमेरिकी निर्णयप्रति चासो व्यक्त गरेको छ ।

यो निर्णयले अमेरिकी एयरलाइन्सले गरेका धेरै प्रस्तावलाई विमान कम्पनीले मान्न सम्भव छैन । फलतः अमेरिकी हवाई यात्रु र अमेरिकी कम्पनीले नै बढाइएको शुल्क तिर्नु पर्ने हुन्छ , अमेरिकी पछिल्लो निर्णयले यसै तथ्यलाई उजागर गर्छ ।”

यूएसटीआरले शुक्रबार एक सूचना जारी गर्दै आगामी मार्च १८ देखि लागू हुने गरी एअरबसका विमान अमेरिकामा आयात गर्दा लाग्ने करमा १० प्रतिशतबाट पाँच प्रतिशत थप कर बढाई १५ प्रतिशत बनाउने घोषणा गरेको जानकारी दिएको थियो ।

एअरबसले भनेको छ, “यो नयाँ अमेरिकी निर्णयले एअरबस र अमेरिकाबीच यस पहिले छलफलमा रहेका बिषयको समाधानभन्दा समस्यालाई थप जटिलतातर्फ धकेल्नेछ । यो निर्णय पश्चातापपूर्ण रहनेछ ।” यद्यपि कम्पनीले अमेरिकी निर्णयलाई वार्ताका माध्यमबाट निकास निकाल्न आफूले प्रयास जारी राख्ने बताएको छ ।

अमेरिका र इयूबीच विगत १५ वर्षदेखि विमानमा छुटका लागि बहस चलिरहेको छ । विश्व व्यापार संगठन (डब्लुटीओ) को आग्रहलाई मान्न अस्वीकार गरेको दुबै पक्षले एक आपसमा आरोप लगाउँदै आएका छन् जसका कारण उनीहरूले समस्याको समाधान निकाल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु

युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल

अफगानिस्तानमा भएको विस्फोटमा तीनको मृत्यु, पाँच घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु