लिबियाको तेल निर्यातमा अवरोधले १ अर्ब ४० करोड डलर घाटा



लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ ।

मुलुकको दैनिक तेल उत्पादनमा कमी आएर प्रति दिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको छ । लिबिया र लिबियाली जनताका लागि तेल निर्यातमा देखिएका सबै किसिमका अवरोध हटाउन एनओसीले आग्रह गरेको छ ।

पूर्वी लिबियाका आदिवासी नेताहरुले हालै मात्र तेल निर्यात हुने प्रमुख बन्दरगाह बन्द गरिदिएका छन् । उनीहरुले राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले पूर्वी क्षेत्रमा तैनाथ सैनिक विरुद्ध लड्न सशस्त्र समूहलाई तेलबाट आर्जित आम्दानी खर्च भइरहेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गत मंगलबार मात्र लिबियाबाट उत्पादित कच्चा र प्रशोधित पेट्रोलियमको गैरकानुनी निकासी रोक्ने सम्बन्धी एक प्रस्ताव पारित गरेको थियो । यो प्रतिबन्ध आगामी सन् २०२१ को अप्रिल ३० सम्म लागू हुनेछ ।

सन् २०११ मा नेता मौमार गद्दाफीको पतन भएसँगै लिबियामा हिंसा बढ्नुका साथै राजनीतिक अस्थिरताले मुलुक आक्रान्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि