कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १४ सय पुग्यो



चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको छ ।

शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या १ हजार ३८० पुगेपछि अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको यो भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।

पछिल्लो समयमा निको भएर घर फर्र्िकएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६५ हजार पुगेको छ ।

यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।

उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङ्गेरीद्वारा गाजा सङ्कट रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान

  हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले आफ्ना इजराइली समकक्षी इजरायल काट्जसँगको

इटालीमा दुईवटा  पानी जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

  इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको र दर्जनौँ बेपत्ता भएको

उत्तर कोरिया भ्रमणमा निस्कदै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा उत्तर कोरिया जाँदैछन् ।  विश्वको सबैभन्दा

इजरायली प्रधानमन्त्रीद्वारा वार क्याबिनेट भङ्ग

  इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेबारी दिइएको प्रभावशाली युद्ध