रोग फैलिने त्रासमा पाँच देशले रोक्न नदिएको पानीजहाजलाई क्याम्बोडियामा स्वागत



जापान र ताईवानसहित पाँच समृद्ध एशियाली देशले आफ्ना बन्दरगाहमा आउन रोक लगाएको एउटा क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनले फूलका गुच्छा र परम्परागत पछ्यौरा उपहार दिँदै स्वागत गरेका छन्।

एमएस वेस्टर्ड्याम नाम गरेको पानीजहाजलाई एशियाका पाँच बन्दरगाहमा रोकिन अनुमति दिइएको थिएन। त्यसलाई सिँहानुकभिल बन्दरगाहमा आउन दिएपछि अहिले क्याम्बोडियाका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको छ।

त्यसअघि त्यो पानीजहाजलाई क्याम्बोडियाको भन्दा राम्रो स्वास्थ्यप्रणाली भएका जापान, ताइवान र थाईल्यान्ड, द फिलिपिन्स र गुआमजस्ता राष्ट्रले आफ्नो बन्दरगाहमा आउन दिएका थिएनन्।

क्याम्बोडियाको स्वास्थ्य मन्त्रालयले त्यो पानीजहाजमा रहेका २,००० यात्रु मध्येबाट २० जनाको नमुना जाँच गरेको छ। ती मध्ये कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण नभएको बताइएको छ।

क्याम्बोडिया आइपुगेका पानीजहाजका यात्रुलाई आगामी दिनमा भाडामा लिइने विशेष विमानबाट आफ्ना देश पठाउने योजना बनाइएको छ।

पछिल्लो विवरणअनुसार नयाँ कोरोनाभाइरस सङ्क्रमणको कुल सङख्या फेब्रुअरी १३ तारिखसम्ममा ५५,००० नाघिसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

डाइमन्ड प्रिन्सेस नामक अर्को पानीजहाज जापानको योकोहामामा क्वारन्टीनमा राखिएको छ। त्यसमा ३७०० यात्रु छन्। तीमध्ये सबैको स्वास्थ्य परीक्षण गरिसकिएको छैन।

त्यो पानीजहाजमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण भेटिएपछि त्यहाँका सङ्क्रमित मानिसको कुल सङ्ख्या २१८ पुगेको छ।

कोरोनाभाइरस सङ्क्रमण भएको पाइएका यात्रुहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। तर जहाजभित्र रहेकाहरू आफ्ना क्याबिनमै रहन बाध्य छन्।

बिहीवार जापान सरकारले जहाजमा रहेका सङ्क्रमण नभएका ८० वर्ष उमेर नाघेका यात्रुलाई जहाजबाट बाहिर निस्किन अनुमति दिइने बताएको थियो।

स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले त्यस्ता यात्रुलाई शुक्रवार जहाजबाट बाहिर आउन दिइने जापान टाइम्स पत्रिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही