अब कोरोना भाइरस होइन, कोभिड-१९



विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ। अब त्यो रोगलाई कोभिड-१९ (Covid-19) भनिनेछ।

“हामीसँग अब उक्त रोगको नाम छ,” सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने, “त्यो कोभिड-१९ हो।”

संयोगवश चीनमा उक्त भाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको भोलिपल्ट उक्त रोगको नामकरण भएको हो।

हजारौँ मानिसहरूमा उक्त भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ। तर नयाँ सङ्क्रमण भएका बिरामीको सङ्ख्या घटिरहेको अधिकारीहरूले बताएका छन्।

डा. गेहब्रेयससले उक्त भाइरसलाई परास्त गर्न यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गरेका छन्। कोरोनाभाइरस पदावलीले एउटा भाइरसलाई मात्रै नभएर अहिले फैलिएको समेत विभिन्न विषाणुको समूहलाई जनाउँछ।

इन्टर्न्याश्नल कमिटी अन ट्याक्सनमी अफ भाइरसेसले नयाँ भाइरसलाई सार्स-कोभ-२ नामकरण गरेको छ। यसअघि कसैकसैले उक्त भाइरसलाई 2019-nCoV भन्ने गरेका थिए।

सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो। यो सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीहरूको टोली बेइजिङ पुगेको छ।

अनुसन्धानकर्ताहरूले नामका कारण कुनै देश वा समुदायलाई अप्ठ्यारो नपरोस् भनेर उक्त भाइरस र त्यसले गराउने रोगको नाम सरल हुनुपर्ने औँल्याएका थिए।

नयाँ नाम तीनवटा शब्द कोरोना, भाइरस र डिजीज (रोग) र साल २०१९ को संयोजनमा बनाइएको हो। विश्व स्वास्थ्य सङ्गठनले डिसेम्बर ३१, २०१९ मा उक्त रोग फैलिएको औपचारिक सूचना पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’