दिल्लीमा आम आदमीको शानदार विजय



भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार साँझसम्म ५५ सीटमा विजयी भएको छ भने अझै सातमा अग्रता लिएको छ ।

कुल ७० सीटको विधान सभामा आपले ५५ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा छ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न नसकेको देखिएको छ ।

दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो ।
निर्वाचनको अन्तिम परिणाम आउन अझै केही समय लाग्ने भारतीय निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

दिल्लीका मुख्य मन्त्री केजरीवाल विधान सभाका लागि भारी मतले बिजयी भएका छन् । आपका केजरीवाले ४६ हजार ७५८ मत ल्याउँदा भारतीय जनता पार्टी (भाजपा) का सुनील कुमार यादवले कुल २५ हजार ६१ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको साँझ नौ बजेसम्मको तथ्याङकमा आपले सबैभन्दा बढी ५३.०६ प्रतिशत मत प्राप्त गरेको छ भने भाजपाले ३८ प्रतिशत मत पाएको छ । कुनै पनि सीट नजितेको कङ्ग्रेसले निकै थोरै चार प्रतिशत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित